play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता,विभिन्न उपसमितिसमेत गठन

0

चितवन फागुन,१७।
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । अधिवेशनपछि बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमितिलाई पूर्णता दिँदै विभिन्न उपसमितिका संयोजकहरू पनि तोकेको हो । अधिवेशनले यसअघि नै जीवित खड्का मगरलाई केन्द्रीय अध्यक्षमा चयन गरिसकेको थियो । बैठकले केन्द्रीय उपाध्यक्षमा सरु सितल राई, महासचीवमा डीजी शर्मा, सचिवमा डिएल घिमिरे, सहसचिवमा सुजन सिरेन चाङ्वाङ्, कोषाध्यक्षमा चन्द्र सम्बाहाम्फे र सदस्यहरूमा कृष्ण घिमिरे, सुमित्रा सुमी, राज यात्री लम्साल, युवराज खतिवडा, नवराज ढकाल, रोहित कुँवर, जीरन थुलुङ, अमृता बान्तवा, शम्भु अर्याल ९पदेन सदस्य, गन्डकी शाखा अध्यक्ष० र मोहन तरामु मगर ९पदेन सदस्य० लाई चयन गरेको छ । यस्तै निवर्तमान अध्यक्ष कृष्ण विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको विशिष्ट सदस्यको रूपमा मनोनित गरेको छ ।बैठले विभिन्न उपसमिति र तिनका संयोजकहरू पनि चयन गरेको छ । कलारसाहित्य प्रमुखमा दीपराज नेयोङ्हाङ, भाषा तथा साहित्य विभाग प्रमुखमा खगेन्द्र समरस, सूचनारसञ्चार विभाग प्रमुखमा अजित क्षेत्री, अर्थ विभाग प्रमुखमा शिशिर दूरबस्ती र प्रवक्तामा राजेशराज गड्तौलालाई चयन गरेको छ ।संस्थाको अनुशासन कमिटिको संयोजकमा निवर्तमान अध्यक्ष कृष्ण विश्वकर्मालाई चयन गरेको छ । त्यसैगरी अघिल्लो कार्यकालमा कमिटी विस्तारका लागि मुना आत्रेय ९ प्रदेश( १०, राधिका कल्पित ९प्रदेश( ३०, शम्भु अर्याल ९प्रदेश( ५०, तपन जिएम ९प्रदेश( ५०, चिन्तन नेपाल ९प्रदेश( ५० र उदिन विवस ९प्रदेश( ७ ० लाई संयोजक तोकी सकिसकेको छ ।यस्तै अमेरिका निवासी राखी गौचन र पोर्चुगल निवासी किरन म्योङबालाई संस्थाको अन्तर्राष्ट्रिय शाखा विस्तारका लागि संयोजकहरू नियुक्त गरिएको संस्थाका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी दिएका छन् ।

Share.

Leave A Reply