play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

भ्याली स्टेट कलेजको मोवाइल ओरेन्टेसन सम्पन्न

0

चितवन फागुन,१७।
चितवनमा रहेको भ्याली स्टेट कलेजले बि।बि।ए प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । फरक ढंगले गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले चितवनका विभिन्न प्रतिष्ठित व्यापारीक केन्द्रहरुमा प्रत्यक्ष उपस्थित भएर व्यवहारीक ज्ञान लिएका हुन् । सनी सेक्युरिटिज प्रालिमा भएको पहिलो सेसनमा स्टक मार्केट सम्बन्धि जानकारी गराइयो भने दोश्रो सेसनमा नविल बैंकको हाकिम चोक शाखामा बैंकिङ क्षेत्रको आधारभुत विषयबस्तु सम्बन्धि बंैकका कस्टर हेड भरत थापा र शाखा प्रवन्धक राजेश बोगटीले प्रस्तुती रहेको थियो ।सो अवसरमा विद्यार्थीहरुले बैंक तथा डिम्याट खाता खोलेका थिए ।

त्यसैगरि अन्तिम सेसनको रुपमा स्मार्ट बैंकमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई पोखरा विश्वविद्यालयका उप प्राध्यापक तथा पूर्व अन्तर्राष्ट्रिय विभाग प्रमुख टेकबहादुर क्षेत्रीले उद्यमशिलता र विविए अध्ययन सम्वन्धि प्रस्तुति दिनुभएको थियो ।यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई व्यवसायसंग जोड्न सहयोग पु¥याउने भ्याली स्टेट कलेजका प्रिन्सिपल बाबुराम खनालले बताउनु भयो।

Share.

Leave A Reply