play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चितवन बाइजुराज महिला कार्य समिति गठन

0

चितवन फागुन,१७।
देवघाट(२ तनहुँमा रहेको प्राणनाथ सेवा आश्रमको वाइजुराज महिला कार्यसमिति गठन भएको छ । नव गठित कार्यसमितिको अध्यक्षमा पारु केशि चयन हुनुभएको छ भने उपाध्यक्षमा उर्मिला खतिवडा, सचिवमा सदिक्षा मिश्र, उपसचिवमा मिरा बराल, कोषाध्यक्षमा बिनिता अधिकारी र सदस्यहरुमा अन्जना खतिवडा, सभ्यता रिजाल, सुमन सिलवाल र कल्पना पराजुली चयन हुनुभएको छ । कार्यसमितिको सल्लाहकारमा सुमित्रा रिजाल, गीता दवाडी, मीना पौडेल र भवानी देवकोटा रहनुभएको छ ।

देवघाट(२ तनहुँमा रहेको २०६३ सालमा स्थापित यस प्राणनाथ सेवा आश्रम जनहिकारी सेवामुलक संस्था हो । अनाथ तथा टुहुरा बालवालिकालाई पालनपोषण, गास वास कपास, स्वास्थोपचार र शिक्षा तथा सिपमुलक तालिम र शिक्षा दिई व्यवसायीक आत्मनिर्भर बनाउने उद्धेश्य राखेर स्थापित यस संस्थाले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने, आफनोस्वच्छिक र धनधान्याञ्चल यज्ञबाट उठेको नगद, धान चामल बिक्री गरिएको रकम सुन्दरसाथजिले टिकालगाएर दिनुभएको रकम समेत यस संस्थामा लगानी गर्नु भएको र श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरी धर्मको प्रचार प्रसार गर्ने , यस उद्धेश्यले बाइजुराज महिला कार्य समिति गठन गरिएको संस्थाकी संरक्षक विदुषी श्री तारा माताले जानकारी दिनुभयो । हाल आश्रम सञ्चालक समितिको कार्यलय र गुरुकुलमा अध्यन गर्ने विधार्थीहरु रहेकाछन् । संस्थाले आगामी दिनमा बालवालिका, जेष्ठ नागरिक मन्त्रालय, महिला विकास शाखा, जिल्ला, प्रदेश बाल सञ्जाल, स्काउट, रेडक्रस, शिक्षा कार्यालय, नगरपालिका, रोटरी, लायन्स क्लव लगायतका संस्थासंग मिलेर सामाजीक काम गर्ने वताइएको छ । महिला कार्यसमिति गठनका अवसरमा बोल्दै संस्थाकी सदस्य एवम् भाषा पाठ्यक्रम विकास केन्द्रकी अधिकृत सुमन सिलवालले आवासिय विद्यालयहरु अनाथ बालबालिका संरक्षण र शिक्षादिक्षाको लागी यस संस्थालाई सहयोग गर्न आग्रह गर्नुभएको थियो यसमा स्थानीय निकाएको समेत ध्यान केन्द्रित रहन आवान समेत गर्नुभएको छ ।

Share.

Leave A Reply