play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

सेफिल्डविरुद्ध लिभरपुलको सहज जित

0

फाल्गुन,१७।
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । गए राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गरे । सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ४८ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६५ औं मिनेटमा ब्रायनले आत्मघाती गोल गर्दा लिभरपुलले २–० को जित निकाल्यो । जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । लिभरपुलको २६ खेलमा ४३ अंक रहेको छ । सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।

 

Share.

Leave A Reply