play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

म्यानमारःप्रहरीको गोली लागेर १८को मृत्यु,३० जनाभन्दा धेरै घाइते

0

फागुन,१७।
म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको खबरमा उल्लेख छ । यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो । संयुक्त राष्ट्र सङ्घले सैन्य ’कू’ को विरोध प्रदर्शनमा भएको यो ज्यादतीलाई सबैभन्दा घातक दिन भनेको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो । यसको विरोधमा त्यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ । म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । म्यानमारमा सैन्य ’कू’ भएपछि विश्वभर यसको आलोचना भइरहेको छ ।

Share.

Leave A Reply