play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

0

फागुन,१७।
प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ । पोखरामा उहाँले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै पार्टीको प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन पनि गर्ने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । यसअघि हिजो प्रधानमन्त्री ओली ‘नेपाल–चीनमैत्री औद्योगिक पार्क’ शिलान्यास गर्न गृहजिल्ला झापा जानु भएको थियो । झापाको कमल गाउँपालिकामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन प्रचण्ड– नेपाल समूहलाई चुनौती दिनुभएको थियो ।

 

Share.

Leave A Reply