play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

सर्वोच्चलाई दाहालको जवाफः ‘अदालतले संविधानको ब्याख्या गर्ने हो, जुलुस, नारा र भाषणको होइन’

0

फागुन,१६।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ ।सर्वोच्च अदालतको अवहेलना गरेको सम्बन्धमा परेको मुद्दामा आफ्ना तर्फबाट जवाफ पेश गर्न पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाल सर्वोच्च अदालतमा आफै उपस्थित हुनुभएको हो ।

सर्वोच्चलाई दाहालको जवाफः ‘अदालतले संविधानको ब्याख्या गर्ने हो, जुलुस, नारा र भाषणको होइन’दाहालले आफूले अदालतको अवहेलना हुने गरी कुनै कसूर नगरेको भन्दै आफूविरुद्धको मुद्दा खारेजी गर्न माग गर्नुभएको छ ।सिन्धुलीका समिर हायुले दाहालका अभिव्यक्तिले सर्वोच्च अदालतको अवहेलना भएको भन्दै दायर गरेको मुद्दामा दहालले लिखित जवाफ पेश गर्नुभएको हो ।हायुले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार पारेको निवेदन दायर गरेको आरोप लगाउँदै दाहालले जवाफमा भन्नुभएको छ, ‘निवेदकले अरोटको काम गरेको हुँदा दलको नाम, ठेगानासमेत अनभिज्ञ भएको देखिन्छ । यस्ता उडन्ते निवेदन दर्तासम्म हुन नसक्ने हो तापनि सम्मानित अदालतको सम्मानका खातिर आफैं उपस्थित भई जवाफ दिई रहेको छु । प्रधानमन्त्रीले तोकेको निर्वाचन संविधानविरुद्धमा जनतालाई हेप्ने गरी तोकेकामा म पूर्ण विश्वस्त छु ।’

सर्वोच्चलाई दाहालको जवाफः ‘अदालतले संविधानको ब्याख्या गर्ने हो, जुलुस, नारा र भाषणको होइन’प्रधानमन्त्रीको कदमविरुद्ध जनताको आक्रोश रहेको भन्दै दाहालले, ‘सम्मानित अदालतले संविधानको ब्याख्या गर्ने हो । त्यो जुलुस, नारा र भाषणको ब्याख्या गर्ने होइन । तसर्थ हाम्रो जुलुस, नारा भाषणले स्वतन्त्र, सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन,’ भन्नुभएको छ ।सर्वोच्चलाई दाहालले लेख्नुभएको छ, ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

केही दिनअघि काठमाडौंमा गरिएको सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठह¥याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो । दाहालको अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने रिट निवेदनमा जिकिर गरिएको छ ।

Share.

Leave A Reply