play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

मेधौली अन्तरबिद्यालय स्तरिय दौडमा प्रथम स्थान बिजय को–अपरेटिभले हात पार्यो

0

चितवन फागुन,१६।
पश्चिम चितवन मेघौलीमा प्याब्सन क्षेत्रिय समिति स्कोबले अन्तरबिद्यालय स्तरिय दौड खेल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा बिजय को–अपरेटिभ इङलीस बोर्डिङ स्कुल प्रथम ,ब्राइट फ्युचर इङलीस बोर्डिङ स्कुल दोस्रो ,प्यराडाइज इङलीस बोर्डिङ स्कुल तेस्रो र ब्लीउ बड र पिसील्याण्ड इङलीस बोर्डिङ स्कुल सानत्वना हुन सफल भएका छन् । उक्त दौड खेल प्रतियोगिता मेघौलीको खेलमैदानमा गरिएको हो । जसमा २१ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रम अन्र्तगत लामो तथा छोटो दूरीको दौड साथै रिले दौड गरी ८ वटा इभेन्टमा खेल सञ्चालन गरिएको हो । जसमा प्रतिस्पर्धी बिद्यार्थीहरुबाट एक व्यक्तिले २ वटा इभेन्टमा सहभागी हुनपाउने व्यबस्था रहेको थियो । भरतपुर २७र२८ मा सञ्चालित खेल प्रतियोगिता मा मिलिजुली मा वि ,पारामाउन्ट मा वि,ब्राइट फ्युचर मा वि,अलमाइटी एकेडेमी र नमूना मा वि संस्थागत बिद्यालयहरुको संयुक्त संयोजनमा खेल सञ्चालन गरिएको हो । प्रतियोगितामा विद्यार्थीको सहभागिताको उत्साहले थप उर्जा मिलेको कार्यक्रमका सभापति तथा पश्चिम चितवन प्याब्सन क्षेत्रिय समितिका अध्यक्ष हर्कबहादुर चापागाईले बताए । दौड खेल प्रतियोगितामा बिजय भएका सम्पूर्ण बिद्यार्थी खेलाडीहरुमा आउदा दिनमा अझ प्रगति तथा सफलताको कामना गर्दै शुभकामना समेत व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply