play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

सहिद स्मारक (बी)डिभिजन लिगमा,खुमलटार शीर्ष स्थानका लागि अङ्क सुधार्ने दाउमा

0

फागुन १६,
सहिद स्मारक (बी) डिभिजन लिग फुटबलमा आज खुमलटार युथ क्लब र झम्सीखेल युथ क्लबबीचको खेल हुँदैछ । दिउँसो साढे ३ बजे हुने खेलमा दोस्रो स्थानमा रहेको खुमलटार शीर्ष स्थानका लागि अंक सुधार गर्ने दाउमा रहेको छ भने नवौं स्थानमा रहेको झम्सीखेल पनि आठौं स्थानमा पुग्ने दाउमा छ ।लिगमा खुमलटार १६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने झम्सीखेल ६ अंकसहित नवौं स्थानमा रहेको छ ।

यस्तै ब्याइज युनियन क्लब र नयाँ बस्ती युवा क्लबबीचको खेल हुँदैछ । ब्वाइज युनियन ११ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ भने नयाँ बस्ती पनि ११ अंकसहित नै पाँचौं स्थानमा रहेको छ ।नयाँ बस्तीले आजको खेल जितेमा स्थान सुधार गर्नेछ भने ब्वाइज युनियनले जितेमा अंक सुधार गर्नेछ ।

Share.

Leave A Reply