play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

सेना विरोधी अभिव्यक्ति दिएको भन्दै म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत बर्खास्त

0

फागुन १६,
म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत क्योउ मोइ टन बर्खास्त हुनुभएको छ ।सेनाको विरोधमा अभिव्यक्ति दिएको भन्दै त्यहाँको सरकारले राजदूत टनलाई बर्खास्त गरेको हो ।राजदूत टनले प्रजातान्त्रिक तवरले निर्वाचित सरकारलाई सत्ता फिर्ता गर्नुपर्ने र सेनाले गलत काम गरिरहेको भनेर अभिव्यक्ति दिनुभएको थियो ।चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ ।म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शनहरु भइरहेका छन् । हिजोमात्रै त्यहाँको सरकारले दर्जनभन्दा धेरै व्यक्तिलाई पक्राउ गरेको छ भने सेनाको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।

Share.

Leave A Reply