play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

नेकपाका नेताहरुको ध्यान सर्वोच्चले गर्न लागेको अर्को फैसलामा

0

फागुन,१५।
नयाँ सत्ता समीकरण र पार्टीको आधिकारिताबारे बहस र छलफलमा व्यस्त नेकपाका नेताहरुको ध्यान सर्वोच्च अदालतले गर्न लागेको अर्को फैसलामा मोडिएको छ । सर्वोच्च अदालतले आउँदो बिहीवार नेपाल कम्युनिष्ट पार्टीका संयोजक रहेका ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्न लागेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नयाँ पार्टी बनाउँदा आफ्नो दलसँग नाम मिल्ने गरी बनाएको भनेर कट्टेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।निर्वाचन आयोगमा उजुरी गरे पनि आयोगले खारेज गरेपछि कट्टेलले २०७५ को मंसिर २१ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चमा विचाराधीन यो मुद्दाको फैसला आउँदो बिहीवार हुन लागेको हो । सर्वोच्चले कट्टेलको पक्षमा फैसला गर्यो भने नेकपाको ओली र प्रचण्ड–नेपाल समूहले नाम फेर्ने या अर्को दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरेपछि राजनीतिक रुपमा विभाजन भएको नेकपाको दुवै समूहले आफू नै आधिकारिक भएको दाबी गर्दै आएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिसके पनि निर्वाचन आयोगले नेकपाको विवाद टुङ्ग्याउन सकेको छैन । यस्तो अवस्थामा सर्वोच्चले कट्टेलको पक्षमा फैसला गर्यो भने दुई समूहमा बाँडिएको नेकपाको विवाद झन् जटिल हुने देखिन्छ । कट्टेलको विपक्षमा फैसला आयो भने चाहिँ नेकपाको विवाद अहिलेकै अवस्थामा रहन्छ ।

Share.

Leave A Reply