play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

नेपाल एक वर्षपछि पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दै

0

फागुन,१५।
नेपाल एक वर्षपछि पर्यटन प्रवर्द्धनका लागि भौतिक रुपमै अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनमा जाने भएको छ ।नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतको दिल्ली र मुम्बईमा भौतिक रुपमै उपस्थित भई दक्षिण एसियालीस्तरको ट्राभल मार्टमा भाग लिने निश्चित भएको छ ।कोरोना भाइरसको महामारीका बीच अघिल्लो वर्षको चैतबाट विदेशमा पर्यटन प्रवर्द्धनको कार्यक्रम रोकिएको छ ।बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीका अनुसार जुन मुलुकले पर्यटन प्रवर्द्धनका अभियान शुरु गरेका छन्, ती मुलुकमा अब भौतिक रुपमै उपस्थित भई प्रवर्द्धन अभियान प्रारम्भ गरिने भएको छ ।यस दौरान नेपालले परम्परागत उत्पादनका साथै महामारीपछि पनि घुमफिरका लागि सुरक्षित रहेको सन्देश प्रवाह गरिने उनको भनाइ छ ।दिल्ली र मुम्बईपछि सिलिगुडीमा समेत नेपालले भौतिक उपस्थितिमै प्रवर्द्धन गर्नेछ । यसरी हुने प्रवर्द्धनमा बोर्ड र निजी क्षेत्रका व्यवसायीले आफ्नो स्टल राखेरै नेपाल भ्रमणमा पर्यटकलाई आहृवान गर्छन् । यसबाहेक व्यवसायीबीच विजनेश डिल समेत यस मौकामा हुने गर्छ । यो वर्ष भारतीय शहर –दिल्ली, बैंकलौर, कोलकत्ता, मुम्बई, चेन्नाई, हैदरावादलगायत शहरमा प्रवर्द्धन गर्न बोर्डले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।अहिले नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायी नेपालमा आउन चाहने पर्यटकलाई सरकारले लगाएको कडा प्रावधान खुकुलो बनाउनु पर्ने अभियानमा छन् ।मुलुकभित्र सरकारकै आहृवानमा हजारौं मानिसको भेला गर्दा सामाजिक दूरीको खिल्ली उडाएको तर पर्यटक आगमन रोकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।अहिले नेपालमा पर्यटकको अनअराइभल भिसा रोकिएको छ । नेपाल आउन चाहेमा पर्यटन मन्त्रालयको सिफारिस चाहिन्छ । ५ हजार डलर बराबरको कोरोना बीमा नभएसम्म नेपाल आउन पाइदैन । नेपाल आइसकेपछि ७ दिन अनिवार्य क्वारेन्टिनको प्रावधान राखिएको छ ।भारतपछि बंगलादेश र चीनमा समेत प्रवर्द्धनको योजना रहेको सीइओ डा. रेग्मीले बताए ।

Share.

Leave A Reply