play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

चितवन भेटेरान कप स् उपाधीका लागि बुटवल र हेटौंडा भिड्दै

0

चितवन फागुन,१५।
चितवन भेटेरान क्लबको आयोजनामा भरतपुरमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलको फाइनल खेल आज ९शनिबार० हुँदैछ । प्रतियोगिताको उपाधीका लागि आज बुटवल उपमहानगरपालिका भेटेरान बुटवल र कालभैरव भेटेरान हेटौंडा आमुनेसामुने हुँदैछन् ।खेल दिउँसो २ बजे भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा हुनेछ । बुटवल सेमिफाइनलमा कैलाली भेटेरानलाई २(० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । उता हेटौंडाले भने चावहिल भेटेरान काठमाडौंलाई समान २(० ले नै पराजित गर्दै बुटवलसँगको उपाधी भिडन्त पक्का गरेको हो ।दुबै टिमले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकाले फाइनल खेल रोमान्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार तथा उपबिजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिभिन्न विधाका विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको प्राप्त गर्नेछन् ।

Share.

Leave A Reply