play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

चितवनको पोलिटेक्निक कलेजले लकडाउनको समेत शुल्क असुल्यो, विद्यार्थी आन्दोलित

0

चितवन,फागुन १४।
चितवनको भरतपुर ११ मा रहेको नेपाल पोलिटेक्निक कलेजले कोरोना  संक्रमणका कारण देशभर लागु गरिएको लकडाउनको समयको समेत शुल्क असुलेको छ । प्राविधिक शिक्षाका नाममा चर्को शुल्क लिँदै आएको पोलिटेक्निक कलेजले लकडाउनको समयको पनि शुल्क नछाडेको हो ।कलेजले लकडाउनको समय अवधिको एक रुपैयाँपनि पैसा नघटाएपछि भेटेनरी र कृषि संकायका विद्यार्थी आन्दोलित भएका छन । उनिहरुले आज कलेज अगाडि नाराबाजी सहित प्रदर्शन गरेका छन ।

सो अवसरमा विद्यार्थीहरुले कलेज प्रशासन विरुद्ध चर्को नाराबाजी गरेका थिए ।केहीबेर कलेज परिसरमै सडकमा सुतेर उनिहरुले विरोध गरेका थिए । विद्यार्थीहरुले ११ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन । विद्यार्थी आन्दोलनको संयोजन गरिरहेका भेटेनरी संकाय १० औं सेमेष्टरमा अध्यनरत विद्यार्थी सरोज ओझाले कलेजले कोभिडको समयको पनि शुल्क लिएकाले आन्दोलन गर्नुपरेको बताए । उनले भने,‘लकडाउनमा घरबेटीले भाडा छुट गरेका छन तर कलेजले भने चर्को शुल्क असुल्यो ।’ कलेजले अनलाइन मार्फत अध्ययन गराएको भन्दै शुल्क लिएको विद्यार्थीको आरोप छ ।विद्यार्थीले कोभिडको समय अवधिको २५ प्रतिशतका दरले सेमेष्टर छुट दिनुपर्ने माग गरेका छन ।

कलेजका माग राख्न खोज्दा कलेजका प्रिन्सिपल बाबुराम उपाध्यायले भेट्न समेत नखोजेको विद्यार्थीले आरोप लगाएका छन ।कलेजका प्रिन्सिपल उपाध्यायले भन्नु भयो, विश्वविद्यालयले निर्देशन नदिएकाले आफुहरुले शुल्क लिएको बताए । उहांले भन्नु भयो, ‘हामीले मात्र होइन अन्य कलेजले पनि शुल्क लिइरहेका छन, यसमा अन्यथा लिनुपर्ने केही छैन ।’उहांले कलेजले लिने शुल्कको विषयमा आफुलाई जानकारी नभएको नारायणी अनलाइनलाई बताउनु भयो। ‘म कलेजमा कहिलेकाँही देखिने हो, विद्यार्थीले पनि मलाई चिन्दैनन, कति शुल्क लिइन्छ, त्यो पनि मलाई थाहा छैन’, उहांले भन्नु भयो,।

Share.

Leave A Reply