play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

युरोपा लिग फुटबलको अन्तिम १६ आर्सनल प्रवेश

0

फाल्गुन,१४।
प्रिमियर लिग क्लब आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको अन्तिम ३२ को दोस्रो लेगमा बेन्फिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा पोर्चुगिज क्लबसँग १–१ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ४–३ को जितसहित प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । ग्रीसको एथेन्समा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे । किएरण टीएर्नेको नाममा एक गोल रह्यो । बेन्फिकाका डिएगो गोनकाल्भेस र राफा सिल्भाले एक एक गोल फर्काए । खेलको २१ औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।खेलको ४३ औं मिनेटमा डिएगोले गोल गर्दै बेन्फिकालाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको ६१ औं मिनेटमा सिल्भाले गोल गर्दै बेन्फिकालाई २–१ को अग्रता दिलाए ।तर, ६७ औं मिनेटमा किएरणले गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८७ औं मिनेटमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए ।

Share.

Leave A Reply