play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

जिससलाई अधिकार सम्पन्न बनाइ समन्वय र अनुगमनको जिम्मा दिनुपर्छ

0

फागुन,१४।
राष्ट्रियसभाका सदस्य दिलकुमारी रावलले ५/१०लाखका योजना माग गर्न पनि केन्द्र सरकारसँग धाउनुपर्ने अवस्था रहेको भन्दै स्थानीय तहलाई थप सशक्त बनाउन जरुरी रहेको बताउनुभएको छ । स्थानीय तहबीच समन्वयमा नीतिगत समस्या रहेकाले सरकारले व्यावहारिक कानूनका पक्षमा ध्यान दिनु उहाँले सुझाव दिनुभयो । जिल्ला समन्वय समिति, चितवनको आयोजनामा आजबाट शुरु प्रगति समीक्षा कार्यक्रम कार्यक्रममा उहाँले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइ तीनवटै तहका विकास गतिविधिबारे समन्वय र अनुगमनको जिम्मा दिनुपर्ने बताउनुभयो । जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले कोरोनाका कारण वार्षिक समीक्षा गर्न असहज भएकाले परिस्थिति सहज बन्दै गएपछि हाल समीक्षा कार्यक्रम राखिएको बताउनुभयो ।

Share.

Leave A Reply