play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

भारतीय र चिनियाँ राजदूतले भेटे कांग्रेस सभापति देउवालाई

0

फाल्गुन,१४।
संसद पुनःस्थापनासँगै नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमपछि चीन र भारतीय राजदूतहरुको पनि सक्रियता बढेको छ । यसैबीच भारतीय राजदुत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका छन् । दुवैले देउवा निवास बूढानीलकण्ठ पुगेर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटनविरुद्ध अदालतमा १३ वटा रिट परेका थिए । ती रिटउपर फैसला सुनाउँदै सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो । हिजै नेकपा(प्रचण्ड–नेपाल समूह)का अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल पनि देउवा निवास पुगेर देउवासँग भेटवार्ता गरेका थिए ।

Share.

Leave A Reply