play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

मेघौलीमा अन्तरबिद्यालय स्तरिय दौड खेल प्रतियोगिता हुदै

0

चितवन फागुन,१३।
पश्चिम चितवन मेघौलीमा प्याब्सन क्षेत्रिय समिति (स्कोब) द्धारा यहि फागुन १४ र १५ गते अन्तरबिद्यालय स्तरिय दौड खेल प्रतियोगिताको आयोजना गरिएको छ । उक्त खेल मेघौलीको खेलमैदानमा हुनेभएको छ । भरतपुर २७र२८ मा सञ्चालित खेल प्रतियोगिता मा मिलिजुली मा.वि,पारामाउन्ट मा.वि,ब्राइट फ्युचर मा.वि,अलमाइटी एकेडेमी र नमूना मा.वि संस्थागत बिद्यालयहरुको संयुक्त संयोजनमा खेल सञ्चालन गरिने भएको हो । जसमा ३२ वटा बिद्यालयहरुको सहभागिता रहनेछन् । लामो र छोटो दूरीको दौड साथै रिले दौड गरी ८ वटा इभेन्टमा खेल सञ्चालन गरिने पश्चिम चितवन प्याब्सन क्षेत्रिय समितिका अध्यक्ष हर्कबहादुर चापागाईले जानकारी दिए ।

Share.

Leave A Reply