play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

अत्यावश्यक बाहेक उपत्यका नछोड्न आफ्ना सांसदहरूलाई प्रचण्ड-माधव पक्षको निर्देशन

0

फागुन,१३ ।

नेकपा प्रचण्ड-माधव पक्षले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको सो पक्षको संसदीय दलको अनौपचारिक बैठकले पछिल्लो घटनाक्रममाथि समिक्षा गर्दै उपत्यका नछोड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो ।बैठकमा अध्यक्षद्वय पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरू सरकार बनाउनको लागि भन्दा पनि व्यवस्थाको लागि लडेको बताउनुभएको थियो ।

अध्यक्षद्वयले सर्वोच्चको फैसलालाई स्वागत गरेको र अव संविधानको रक्षा गर्दै अघि बढ्नुपर्ने समेत बताउनुभएको नेता देव गुरुङले जानकारी दिनुभयो । त्यस्तै संसदलाई व्यवस्थित रुपमा अघि बढाउनका लागि आवश्यक सहकार्य गर्नुपर्नेमा बैठकले जोड दिएको उहाँले बताउनुभयो । नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफैंले विघटन गरेको संसदमा गएर विश्वासको मत माग्ने नैतिकता नभएकोसमेत जिकिर गर्नुभयो । यदि अविश्वासको प्रस्ताव सामना गर्ने हो भने आफुहरु पनि तयार रहेको उहाँले बताउनुभयो । सरकारले दल विभाजन या अन्य कुनै अध्यादेश ल्याउन पनि सक्ने सन्दर्भमा उहाँले बाध्यकारी हिसाबले संसद बैठक बस्ने मिति नै तोकिएको अवस्थामा अध्यादेश आउन नसक्ने उल्लेख गर्नुभयो ।सर्वोच्च अदालतले संसद पुनसर््थापना गर्ने फैसला मंगलबार गरेको थियो । त्यस्तै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राख्न पनि सर्वोच्चले आदेश दिएको छ ।

Share.

Leave A Reply