play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

बी डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

0

फाल्गुन १३ ।
सहिद स्मारक (बी ) डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आरसीटी र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।आरसीटी र नयाँबस्तीबीचको खेल अपरान्ह १२स्१५ बजे सुरु हुनेछ ।दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।नयाँबस्ती ६ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।आरसीटी ६ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।यस्तै दोस्रो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच खेल हुनेछ ।झम्सिखेल र ब्वाइजबीचको खेल अपरान्ह ३स्३० बजे सुरु हुनेछ ।झम्सिखेल ६ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।ब्वाइज ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Share.

Leave A Reply