फाल्गुन,१३।
स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो । खेलको ४८ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।६८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना २–० ले अघि रह्यो ।त्यसपछि खेलको ७३ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ ।बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ ।इल्चे २१ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
बार्सिलोनाको जितमा मेस्सीको दुई गोल
0
Share.