play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

पहिलो लेगमा सिटीको सहज जित

0

फाल्गुन,१३।
इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ । गएराति भएको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २–० गोल अन्तरले पराजित गरेको हो । हंगेरीको पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे । जर्मन क्लबविरुद्ध खेलको २९ औं मिनेटमा सिल्भाको गोलबाट सिटीले अग्रता बनाएको थियो । त्यसपछि खेलको ६५ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २–० को जित दिलाए । जितसँगै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । मन्छेनग्लाडबाखलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । सिटी र मन्छेनग्लाडबाखबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । खेल सिटीको मैदानमा हुनेछ ।

Share.

Leave A Reply