१२ फाल्गुन
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ ।
शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म रु ९ करोड २१ लाख १ हजार ६५ मूल्य बराबरको ३१ हजार २९६ क्विटल धान मात्र खरिद गर्न सकेकाले थप ५ हजार क्विटल धान खरिद गरी लक्ष्य भेट्ने सो कार्यालयका शाखा प्रमुख विकास कटुवालले जानकारी दिनुभयो ।
नेपालभन्दा भारतमा जिरामसिनो धान बढी उत्पादन भए पनि आयात हुन नसकेको तथा पर्साका किसानले थोरै मात्रामा जिरामसिनो धानको खेती गर्ने भएकाले खरीद लक्ष्य भेट्न नसकिएको हो ।जिरामसिनो धानको सट्टा सोना मन्सुली धान खरिद गर्ने भनेर खरिद विभागबाट निर्देशन आएकाले थप ५ हजार क्विटल सोना मन्सुली धान खरिद गर्न लागिएको सो कार्यालयका सूचना अधिकारी मुनीलाल कुशवाहले बताउनु भयो ।