play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेकपा ओली समूहको स्थायी कमिटी बैठक शुरू

0

१२ फाल्गुन २०७७, बुधबार
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहको स्थायी कमिटी बैठक शुरू भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एक नेताले बताउनु भयो।बैठकमा संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने बताइएको छ । जारी बैठकमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि अब के गर्ने भन्ने विषयमा छलफल हुने ती नेताले बताउनु भयो।
नेकपाको अर्को समूह प्रचण्ड नेपाल समूहले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग सहित दबाब दिएपछि प्रधानमन्त्री ओली दबाबमा छन् । यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीले राजीनामा नदिने तर संसदको सामना गर्ने बताएका छन् ।

Share.

Leave A Reply