play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

सर्वोच्चको निर्णय माने पनि सम्मान गर्न सकिदैनः उपप्रधानमन्त्री पोखरेल

0

फाल्गुन,१२।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको निर्णय सम्मान गर्न नसकिने बताउनुभयो । संसद विघटनको विपक्षमा सर्वोच्चले फैसला गरेसँगै पोखरेलले अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताउनु भएको हो ।अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने पोखरेलको भनाइ छ ।मंगलबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सरकार संचालनमा गतिरोध सिर्जना भएपछि ताजा जनादेशका लागि जनतामा जाने प्रधानमन्त्रीको प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाएको आरोप लगाउनुभयो । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि मंगलबार सर्वोच्चले विघटनको विपक्षमा फैसला गरेपछि पोखरेलले यस्तो भनाइ आएको हो ।

Share.

Leave A Reply