फाल्गुन,१२।
संसद पुनर्स्थापनाको माग गर्दै चौथो चरणको आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–नेपाल समूहले आज देशभर खुसियाली सभाको आयोजना गरेको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड–नेपाल समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको हो ।संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । काठमाडौँमा हुने विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । विजय जुलुस भने रत्नपार्कको शान्तिबाटिकामा हुनेछ ।यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् । बिहान ८ बजेपछि नै जिल्ला सदरमुकाममा विजय जुलुस सुरु हुने रिजालले बताए । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थियो । जसलाई मंगलबार सर्वोच्चले बदर गरिदिएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहले आज देशभर खुसियाली सभा गदै
0
Share.