play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

सात महिनामा भारतबाटै भित्रियो पाँच करोड रुपैयाँ बराबरको १४ लाख किलो कोदो

0

फागुन ११, २०७७ मंगलबार
नेपाललाई कृषिप्रधान देश भनिए पनि सबैजसो कृषि सामग्री विदेशबाट आयात हुन्छन् । हरियो सागपातदेखि तरकारीसम्म विदेशबाटै आयात हुन्छ ।
अचम्मको कुरा त नेपालको पाखा बारीमै फल्ने कोदोसमेत विदेशबाटै आयात हुन्छ । त्यो पनि लाखौँ किलोको मात्रामा । चालु आर्थिक वर्षको पहिलो सात महिनामा झण्डै पाँच करोड रुपैयाँको कोदो आयात भएको छ ।भन्सार विभागका अनुसार साउनदेखि माघ महिनासम्म भारतबाट नेपालमा १४ लाख ५४ हजार किलो कोदो आयात भएको छ । यसको मूल्य चार करोड ८१ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।यस्तै चीनबाट १२ हजार रुपैयाँ बराबरको एक सय २५ किलो कोदो आयात भएको छ ।आर्थिक वर्ष २०७६र०७७ मा झण्डै २२ लाख किलो कोदो आयात भएको थियो । आर्थिक वर्ष २०७५र०७६ मा आठ करोड तीन लाख रुपैयाँ बराबरको २९ लाख १० हजार किलो कोदो आयात भएको थियो । यो सबै भारतबाट आयात भएको हो ।

यो आर्थिक वर्षको पहिलो सात महिनामा झण्डै ४९ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । साउनदेखि माघसम्म ४८ अर्ब ८७ करोड रुपैयाँको खाद्यान्न विभिन्न देशबाट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । हरिया तरकारीदेखि फलफुल र दाल, चामल पनि नेपालले विदेशबाटै किनेको छ ।

Share.

Leave A Reply