play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

सहिद स्मारक बी डिभिजन लिगमा नयाँ बस्तीको विजयी सुरुवात

0

फागुन ११, २०७७ मंगलबार
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्ती युवा कल्बले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मङ्गलवार भएको पहिलो खेलमा नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई दुई–एकले हराएको हो ।नयाँ बस्तीका सचु गुरुङ र अवय धिमालले एकरएक गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काए ।
‘बी’ डिभिजन लिग फुटबल मङ्गलवारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण गएको चैत ५ गते लिग स्थगित भएको थियो ।

Share.

Leave A Reply