play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

केही दिन बन्द रहेको नाका पुनः सञ्चालन

0

फाल्गुन,११।
केही दिनअघि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आएको छ। जनवरी २१ देखी मितेरी पुल मर्मत गर्ने भन्दै बन्द गरिएको नाका बिचमा २ दिन खुलेर पुनःबन्द भएको थियो । चिनियाँ नया वर्षको समयमा केही दिन बन्द रहेको नाका सोमबारबाट पुनः सञ्चालनमा हो । सोमबार फलफूल बोकेको ४ वटा चाइनिज कन्टेनरभित्रिएपछि नाका सुचारु भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । आज पनि ४ वटा ओखर सहितको कन्टेनर नेपाल प्रवेश गर्ने खत्रीले बताउनुभयो । २०७२ मा भुकम्प गएपछि बन्द भएको तातोपानी नाका पुनःसञ्चालनमा आएपनि विभिन्न बहानामा बन्द हुदै आएको छ । चिनियाँ पक्षले सामान आयात गर्न खुकुलो पार्ने बताएसँगै अब हरेक दिन यो नाकाबाट १५,१६ वटासम्म नेपाली कन्टेनर भित्रिन सक्नेछ । हिजो फलफूलका २ कन्टेनर भित्रिएका छन्। यसअघि कोभिडको कारण देखाउँदै चिनियाँ पक्षले तातोपानी नाकाबाट दिनमा पाँचदेखि १८ वटासम्म कन्टेनर पास हुन दिइरहेको थियो ।

Share.

Leave A Reply