play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

भूमि सम्बन्धी समस्या समाधानको लागि, हेटौँडा उपमहानगरपालिकाद्वारा अभिमुखीकरण,

0

फागुन ११,
हेटौँडा उपमहानगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान गर्न गणक तथा जनप्रतिनिधिहरूलाई तथ्याङ्क संकलन, प्रमाणीकरण सम्बन्धी अभिमुखीकरण गरेको छ । नगरका १९ वटै वडाका अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सचिव, वडा सदस्य र गणकहरुलाई भूमिहीनहरुको समस्या र समाधानका लागि तथ्याङ्क संकलन, प्रमाणीकरण सम्बन्धी अभिमुखीकरण गरिएको हो । नगरका १ देखि १० नम्वर वडाका प्रतिनिधिलाई आइतबार र ९ देखि १९ नम्वरका प्रतिनिधिलाई सोमबार अभिमुखिकरण गर्दै भूमिहीनहरुको समस्या समाधानका लागि काम सुरु गरिएकोे हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए । उपमहानगरले भूमिहीनहरुको समस्या समाधान गर्न वडास्तरबाटै काम गर्ने तयारी थालेको छ । उपमहानगरपालिकाका १९ वटै वडामा भूमिहीनहरुको समस्या फरक फरक रहेकोले उक्त समस्या समाधानका लागि वडास्तरबाटै काम गरिरहेको मेयर महतले बताए । यससँगै अब वडास्तरमा भूमिहीनको तथ्याङ्क संकलन गर्ने, जग्गा नापजाँच गर्ने लगायतका कामलाई तीव्रताका साथ अघि बढाइने र बर्षौँदेखिका भूमि सम्बन्धी समस्याको हल हुने मेयर महतले बताए ।

Share.

Leave A Reply