play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

डा। बाबुराम भट्टराई अस्पताल भर्ना

0

फागुन,११।
स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।डा। भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान ९आईएलबीएस० अस्पतालमा भर्ना भएका हुन् ।उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।डा। भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । यसअघि उनले काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका थिए ।चिकित्सकहरुले न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ ।

Share.

Leave A Reply