play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

रोनाल्डो चम्किदा युभेन्ट्स शीर्ष तीनमा

0

फाल्गुन,११।
इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३(० गोल अन्तरले पराजि गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीको नाममा एक गोल रह्यो । खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले २(० को अग्रता बनायो । रोनाल्डोले दुबै गोल हेड मार्फत गरेका थिए । यस गोलसँगै रोनाल्डो सिरी ’ए’ को यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् । रोनाल्डोले १८ गोल गरेका छन् । यस्तै रोनाल्डो लगातार १४ सिजन २५ भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । त्यसपछि खेलको ६६ औं मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३(० को जित दिलाए । जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २२ खेलमा ४५ अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछि रहेको छ । क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।

Share.

Leave A Reply