play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

पशुपतिमा सुनको जलहरी नराख्न माग गर्दै सर्वेच्चमा रिट

0

चितवन,फागुन १० । पशुपतिनाथ मन्दिर भित्रको शिवलिंगमा सुनको जलहरी राख्ने निर्णय कार्यान्वयन नर्गन माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर भएको छ ।

स्थानीय बासिन्दा एवं बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले आइतबार रिट निवेदन दर्ता गराएका हुन् ।

पुरातात्विक सम्पदा सम्बन्धि ऐन, विश्व सम्पदाको मापदण्ड र शैव दर्शनको मान्यता विपरित सुनको जलहरी राख्न लागिएको भन्दै उक्त निर्णय बदर गराउन माग गरिएको रीटमा प्रधानमन्त्री, मन्त्रीपरिषदको कार्यालय, संस्कृति मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाईएको छ ।

रिट निवेदनमाथि छलफलका लागि पर्सी बुधवार पेशी तोकिएको छ ।

पशुपति क्षेत्र विकास कोषको पहलमा पशुपतिनाथभित्रको ज्योर्तिलिङ्गमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानीमा १ सय ८ किलोको सुनको जलहरी राख्न लागिएको हो ।

 

Share.

Leave A Reply