play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

उखु किसानको बक्यौता भुक्तानीमा फेरि सम्स्या

0

चितवन , फागुन १० । उखु किसानको बक्यौता भुक्तानीमा पुनः गडबडी देखिएको छ । किसानहरु सम्पर्कमा नआएका कारण उद्योगीले दिएको रकम बैंकमै थन्किएको दाबी सरकारको छ तर किसान प्रतिनिधिहरुले भने सरकारले भुक्तानीको विवरण लुकाएको आरोप लगाएका छन् । चार वटा चिनी मिलबाट किसानले ८ करोड एक लाख रुपैयाँ मात्रै भुक्तानी पाउन बाँकी रहेकोमा अहिले सबै रकम बैंकमा दाखिला भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा.नारायण प्रसाद रेग्मीले बताउनुभयो । रकम बैंकमा आएको छ तर किसानको कागजात नमिलेको तथा प्रमाण नपुग्दा वितरणमा समस्या भएको उहाँको भनाई छ । ‘किसानको भुक्तानी निश्चित भएको छ तर प्रमाण नपुगेका कारण पैसा बैंकमा थन्किन पुगेको छ,’ सहसचिव एवं प्रवक्ता डा.रेग्मीले भन्नुभयो । किसानको बैंक खाता नभएको, मिलसँग लिनुपर्ने रकमबारे प्रमाण नभएको जस्ता समस्याका कारण भुक्तानी प्रभावित भएको उहाँले बताउनुभयो । रकम खातामा पुगेर पनि वितरण हुन नसकेपछि किसान संघर्ष समितिमार्फत सहजीकरण प्रयास भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयलाई प्राप्त विवरणमा पनि मोटामोटी भुक्तानी सुनिश्चित भएको पाइएको मन्त्रालयले जनाएको छ । अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिलको भुक्तानी बाँकी रहेकोमा उद्योगी पक्राउ गरेपछि भुक्तानी सुनिश्चित भएको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

Share.

Leave A Reply