play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

प्रधानमन्त्रि ओली आज कञ्चनपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गर्न जाँदै

0

चितवन , फागुन १० । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जानु हुने भएको छ । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरेको थियो । उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटकपटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट स्वीकृति भएर काम सुरु हुन लागेको हो । सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री सुदूरपश्चिम जान लाग्नु भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराउनु भएको हो ।

Share.

Leave A Reply