play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

पर्यटन बोर्डले सातामा २ दिन सार्वजनिक विदाको नीति फेरी अघि सार्यो

0

चितवन , फागुन ०९ ।    नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सातामा दुई दिन सार्वजनिक विदाको मुद्दा फेरि उठाउने भएको छ । कोरोना महामारीका कारण शिथिल भएको मुलुकको पर्यटन व्यवसायलाई गतिशिलता दिन आन्तरिक पर्यटनको गतिविधि बढाउन दुई दिन विदाको नीति अपरिहार्य भएको भन्दै बोर्डले सो मुद्दालाई पुनः जोडतोडले उठाउने भएको हो । यसअघि विदा कार्यान्वयनको सम्बन्धमा अध्ययन समेत भई प्रतिवेदन तयार भइसकेको अवस्थामा मन्त्री तथा कर्मचारीको हेरफेरले मुद्दा ओझेलमा परेको बोर्डले जनाएको छ । यो मुद्दा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाका कारण प्रभावित मुलुकको पर्यटन व्यवसायलाई गतिशिलता दिनका लागि सातामा दुई दिन सार्वजनिक विदा दिने नीति अघि सारेका थिए । नेतृत्वकर्ताको हैसियतले मुद्दा उठाउने मन्त्रीकै वहिर्गमनले अहिले सो मुद्दा के हुने अनिश्चित बन्न पुगेको छ ।

Share.

Leave A Reply