सुन तोलामा ८ सयले बढ्यो

0

चितवन , फागुन ०९ । पछिल्लो समय नेपाली लगातार ओरालो लागेको सुनको मूल्य साताको पहिलो दिन आठ सयले बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारका लागि छापावाल सुन प्रतितोला ८९ हजार निर्धारण भएको छ। शुक्रबार छापावाल सुन तोलामा एक हजार रुपैयाँले घट्दा प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार ८८ हजार ५५० मा कारोबार भएको छ । चाँदीको मूल्य पनि सामान्य बढेको महासंघले जनाएको छ। शुक्रबारको तुलनामा आइतबार २५ रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आइतबार बिहान सुन प्रतिऔंस १७८४.२८ र चाँदी प्रतिऔंस २७.२७ डलरमा कारोबार भएको छ।

Share.

Leave A Reply