play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

0

चितवन , फागुन ०९ । पुर्वी नवलपरासीको कावासोती नगरपालिका – ४ मा तास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका – ४ बस्ने ३६ वर्षीय लेख बहादुर थारुको घरमा तास खेलिरहेको अवस्थामा उनीसहित १५ जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४७ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Share.

Leave A Reply