play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मकवानपुरमा १८ क्विन्टल गाँजा जलाइयो

0

चितवन , फागुन ०९ । मकवानपुरको राक्सिराङ गाउँपालिका-१, गाल्छाराङमा बारीमा लुकाइराखेको १८ क्विन्टल अवैध लागुऔषध गाँजा प्रहरीले जलाई नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा सोही गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले अवरोध गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले हवाईफायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो । सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये राक्सिराङ–१ बस्ने ४० वर्षीय कान्छालाला रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङसमेत प्रहरीले बरामद गरेको छ ।

Share.

Leave A Reply