play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

पूर्वप्रधानमन्त्री डा.भट्टराई भारत प्रस्थान

0

चितवन , फागुन ०९ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत प्रस्थान गर्नुभयको छ । नियमित स्वास्थ्य उपचारको लागि भट्टराई आज भारतको नयाँदिल्ली प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ । पेटसम्बन्धी रोगले पीडित भट्टराई पछिल्लो समय काठमाडौँकै निदान अस्पतालमा उपचार गराउँद आउनुभयको थियो । अहिले भने भारतको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा उपचार हुनेछ । चिकित्सकहरुले न्यूरो–इन्डोक्राइन ट्युमर भएको आशंका गरेपछि भट्टराई भारत जानुभयको हो ।

Share.

Leave A Reply