play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

विद्यालय तहमा अक्षरांकन पद्धतिको मापदण्ड परिवर्तन गर्ने तयारी

0

चितवन , फागुन ०९ । विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी भइरहेको छ । कक्षा ८, एसइई (कक्षा १०) र १२ मा बेन्चमार्क ३५ अंक अर्थात् ग्रेड डी प्राप्त गरेपछि मात्र मूल प्रमाणपत्र दिने गरी शिक्षा मन्त्रालयले नयाँ व्यवस्थाको तयारी गरेको हो । शिक्षामन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले निर्णय गरी मन्त्रालयमा पठाएको प्रतिवेदनका आधारमा यस्तो तयारी भएको हो । नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षरांकन पद्धतिसम्बन्धी अध्ययन गर्न राष्ट्रिय योजना आयोग सदस्य डा.उषा झाको संयोजकत्वमा कार्यदल बनेको थियो । सो कार्यदलले दिएको प्रतिवेदनका आधारमा परिषद्ले गरेको निर्णय शिक्षा मन्त्रालय पठाइएको हो । कार्यदलले आठवटा विषयगत ग्रेड र ग्रेड पोइन्टसमेत निर्धारण गरेको छ । यसअघि ३० अंक ल्याउँदा डी प्लस हुने व्यवस्था गरेकामा अब भने ३५ अंकलाई बेन्चमार्क तोक्ने र डी ग्रेड मान्ने सुझाब दिएको छ । अहिले ९ वर्गान्तरयुक्त अक्षरांकन पद्धति लागू गरिएको छ । अब ननग्रेडसहित आठवटा हुनेछन ।

Share.

Leave A Reply