play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

नेपालबाट ६ महिनामा १ सय ३१ जना विदेशी नागरिक निस्काशित

0

चितवन , फागुन ०९ । पर्यटक भिसामा नेपाल आएका १ सय ३१ विदेशी नागरिकलाई निस्काशित गरिएको छ । गत साउन देखि माघ मसान्तसम्म नेपाल आएका एक सय ३१ विदेशी नागरिकलाई निस्काशित गरिएको हो । पर्यटक भिसामा नेपाल प्रवेश गरी ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैकिङ कसुर, लागू औषध लगायतका अपराधमा संलग्न विदेशी नागरिकलाई निस्काशित गरिएको हो । । अध्यागमन विभागको तथ्यांक अनुसार निस्काशित हुनेमा धेरै चिनियाँ नागरिक रहेका छन् । उनीहरुलाई कसुरका आधारमा एक वर्षदेखि १० वर्षसम्म नेपाल प्रवेशमा रोक लगाईएको छ ।

Share.

Leave A Reply