play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको ऐतिहासिक जित

0

चितवन , फागुन ०९ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले ऐतिहासिक जित निकालेको छ । सन् १९९९ को सेप्टेम्बर पछि पहिलो पटक एभर्टनले लिभरपुललाई हराएको छ । त्यो पनि उसकै मैदानमा । गएराति भएको खेलमा लिभरपुललाई एभर्टनले २–० गोल अन्तरले पराजित गरेको हो । एभर्टनका लागि खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गरे भने ८३ औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत् गोल गरे । लिभरपुलले जारी सिजनमा लगातार चौथो खेलमा पराजित व्यहोरेको छ । सन् २०१० पछि एभर्टनले ऐतिहासिक जित निकालेको हो भने सन् १९२३ पछि पहिलो पटक लिभरपुलले घरेलु मैदानमा चार खेल हारेको छ । जारी लिगमा लिभरपुल २५ खेलमा ४० अंकका साथ छैठौं स्थानमा छ भने २४ खेलमा ४० अंक जोडेको एभर्टन सातौं स्थानमा छ । यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमै भएको अर्को खेलमा फुलह्यामले शेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । यस्तै, साउथह्याम्पटन र चेल्सीले १–१ को बराबरी खेलेका छन् भने बर्नली र वेष्ट ब्रोमले गोलरहित बराबरी गरेका छन् ।

Share.

Leave A Reply