चितवन , फागुन ०९ । इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजका लागि भारतको टिम घोषणा गरिएको छ । बीसीसीआईले आज विराट कोहलीको कप्तानीमा १९ सदस्यीय टोली घोषणा गरेको हो । अष्ट्रेलियासँगको सीमित ओभरको सिरिजमा मौका नपाएका ऋषभ पन्तले ‘कमब्याक’ गरेका छन् । त्यस्तै, रोहित शर्मा पनि टोलीमा फर्किएका छन् । उनले चोटका कारण अष्ट्रेलियासँगको वानडे र टी(२० सिरिज गुमाएका थिए । त्यस्तै, बीसीसीआईले सूर्यकुमार यादव, इशान किशन, राहुल तेवटियालाई पहिलो पटक टिममा समावेश गरेको छ । चोटका कारण अष्ट्रेलिया भ्रमण गुमाएका स्पिनर वरुण चक्रवर्तीले पनि टिममा स्थान बनाउन सफल भएका छन् । त्यस्तै, चोटका कारण लामो समय विश्राम गरिरहेका तीव्र गतिका बलर भुवनेश्वर कुमारले पनि ‘कमब्याक’ गरेका छन् । टिमका महत्वपूर्ण सदस्य जसप्रीत मुमराहलाई इंग्ल्याण्डसँगको टी(२० सिरिजमा विश्राम दिइएको छ । भारत र इंग्ल्याण्डबीचको पाँच खेलको सिरिज १२ मार्चदेखि सुरु हुनेछ । सबै म्याच अहमदाबादमा हुनेछन् ।
इंग्ल्याण्डसँग ‘टी–२० सिरिज’ खेल्ने भारतीय टोलीको घोषणा
0
Share.