play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसीएसन चितवनको अध्यक्षमा लामा र सचिवमा आचार्य

0

भरतपुर, ८ फाल्गुन ।
प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसीएसन नेपाल (पिन), चितवनको अध्यक्षमा सुर्य प्रकाश लामा र सचिवमा सन्तोष आचार्य चयन हुनु भएको छ । भरतपुरमा सम्पन्न नेकपा (प्रचण्ड माधव समूह) का इन्जिनियरहरुको प्रथम जिल्ला भेलाले अध्यक्ष र सचिव सहित १०१ सदस्य जिल्ला कमिटी समेत चयन गरेको हो । ई.बाबुराम ढकाल, हरि भण्डारी, माघव उप्रेती, राजेश कोइराला, रत्न लामिछाने, विरेन्द्र चौघरी, विराट घिमिरे, खिमानन्द सुवेदी, मेघनाथ शर्मा र वलीभद्र न्यौपाने सहितको १० सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ। उहाँहरुलाई भरतपुर महानगरपालिकका प्रमुख तथा नेकपाका केन्द्रिय सदस्य रेणु दाहालले शुभकामना प्रदान गर्नु भएको थियो ।

बाँकी पधाधिकारी र जिम्मेवारीहरु भने नवनिर्वाचित कमिटीको पहिलो बैठक मार्फत छिटै टुंगाउने ईन्जिनियर साकार लामाले बताउनु भयो ।

पिनको प्रथम जिल्ल भेलालाई प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितीको सभापती एवम्ं नेकपा चितवन सचिव कृष्णभक्त पोखरेल, पिनका केन्द्रिय संयोजक नन्दलाल बन्जाडे, सह संयोजक छविराज पोख्रेल, पिन केन्द्रिय सचिवालय सदस्य विनोद रिजाल र नेकपा चितवनका नेता रामचन्द्र अधिकारी , प्रकाश ढुंगानाले सम्बोधन गर्नु भएको थियो । उहाँहरुले संम्बोधनको क्रममा इन्जिनियरहरु कर्मी मौरी रहेको र देशको विकासमा इन्जिनियरको भुमिका महत्त पुर्ण हुने समेत बताउनु भएको थियो । सहभागी सबैले असैंवधानिक कदमविरुद्ध एक हुदैँ सम्पूर्ण इन्जिनियरहरु वैचारीक हिसावले पनि अघि बढ्नु अनुरोध गर्नु भएको थियो ।

पिनले यो भेलालाई चैत्र २० मा हुने नेपाल इन्जिनियरिङ्ग एशोसेसनको तयारीको रुपमा पनि लिईको छ ।

पिन नेपाल भित्र वा प्रवासमा रही इन्जिनियरिङ्ग पेशा व्यवसाय गरीरहेका प्रगतिशील समाजवाद लक्षित वैचारिक दृष्टिकोणलाई समर्थन गर्ने नेपाली इन्जिनियरिङ्ग पेशाकर्मीहरु पेशागत संगठन हो । यसको विधानले केन्द्र संगै प्रदेश समिति , जिल्ला समिति, स्थानीय समिति र इकाइ समिति रहने व्यवस्था गरेको छ ।

 

Share.

Leave A Reply