play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

मोबाइल किन्न ७ महिनामै नेपालको २४ अर्ब खर्च

0

चितवन,फागुन ०८ ।

चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा मात्रै नेपालमा २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरका मोबाइल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनासम्मको आयातको तथ्याङ्कले यति धेरै मात्रामा नेपालमा मोबाइल आयात भएको देखाएको हो ।

भन्सार विभागका अनुसार यस अवधिमा कुल ४३ लाख ६८ हजार ८७२ थान मोबाइल आयात भएका छन् । जस वापत सरकारले मात्रै ३ अर्ब ८० करोड ८९ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागका अनुसार माघ महिनामा मात्रै ७ लाख ४ हजार २२४ थान मोबाइल नेपाल भित्रिएका छन् । जसका लागि ३ अर्ब ४३ करोड ७८ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ ।

यस अवधिमा ६१ हजार ३९७ थान स्मार्ट वाच भित्रिएका छन् । जसका लागि १२ करोड ४१ लाख ७९ हजार रुपैयाँ नेपालबाट बाहिरिएको छ ।

कुन देशबाट कति मोबाइल आयात ?

देश                                          मोबाइल मूल्य रू.
चीन                                     ३६,३२,४०२ १५ अर्ब ३६ करोड ७५ लाख ८१ हजार
भारत                                   ५,४०,९४४ ७ अर्ब ६० करोड ९२ लाख ९० हजार
भियतनाम                             १,९०,८७० ९० करोड १६ लाख १२ हजार
अन्य                                    ४,६५६ १८ करोड ९६ लाख ८५ हजार
जम्मा                                 ४३,६८,८७२ २४ अर्ब ६ करोड ८१ लाख ७० हजार
श्रोतः                                   भन्सार विभाग

Share.

Leave A Reply