play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सद्धारा लिड्स युनाईटेड पराजित

0

चितवन,फागुन ०८ । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिड्स युनाईटेडलाई पराजित गरेको छ। शुक्रबार राति भएको खेलमा उल्भ्सले लिड्सलाई १–० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा उल्भ्सले आत्मघाती गोलबाट जित निकालेको हो। लिड्सका गोलकिपर इलान मेस्लेरले आत्मघाती गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औं मिनेटमा मेस्लेरले आफ्नै पोस्टमा गोल गरेका थिए। जुन गोल उल्भ्सको जितमा निर्णायक बन्यो। जितसँगै उल्भ्सले २५ खेलमा ३३ अंक जोडेको छ। उल्भ्स लिगको ११ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply