चितवन,फागुन ०८ । बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनकुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् । बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउन भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुब्बा खनाल अख्तियारको नियन्त्रणमा परेका हुन् जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट खटिएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो । उनीहरुलाई अमलेखगञ्जस्थित एक होटलबाट घुसवापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।
मालपोत कार्यालय बाराका निमित्त प्रमुख ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा
0
Share.