play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

नारायणगढमा ५० मिटर अग्लो भरतपुर मेट्रो प्लाजा बनाइने

0

चितवन,फागुन ०८ । चितवनको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण, वित्त, सञ्चालन एवं हस्तान्तरण विधिबाट भवन बनाउँदै छ । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आउँदो चैत महिनाभित्रमा निर्माणको सम्झौता हुने गरी काम अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन, नियमावली बनाएर राजपत्रमा प्रकाशित गरी व्यावसायिक भवन बनाउन लागेको हो । दाहालको भनाइमा भवन निर्माणका लागि निजी क्षेत्रबाट सातवटा कम्पनीले मनसाय पत्र पेश गरेका थिए । जसमध्ये चारवटाको मनसाय पत्र स्वीकृत भएको थियो । तीमध्ये तीन वटा कम्पनीले प्रस्ताव पत्र पेश गरेका छन् । प्राविधिक मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, नियमावलीबमोजीम एकाइ प्रवद्र्धन समिति गठन गरी काम अघि बढाइएको छ ।

Share.

Leave A Reply