play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

१७ वर्षीया भागरथी भट्टको १७ दिन पछि आज शुक्रवार दाहासँस्कार

0

चितवन , फागुन ०७ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका –७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको १७ दिन पछि आज शुक्रवार दाहासँस्कार गरिएको छ । दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । यसअघि सदरमुकाम गोठालापानीबाट महाकाली नदी सम्म शव यात्रा निकालिएको थियो । भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो । भागरथीको शव जिल्ला अस्पतालमै राखिएको थियो । गत माघ २२ गते विभत्स हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो। घटनामा संलग्नको पहिचान हुनुपर्ने मागगर्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए । प्रहरीले बुधवार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो । भट्टले भागरथीको बलात्कार पछि आफैले हत्या गरेको बिहीवार प्रहरीसमक्ष बयान दिएपछि आफन्तले शव बुझ्न मानेका हुन् । बुधबार नै भागरथीका दाइ शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दिएका छन्।

Share.

Leave A Reply